डेनभर कोलोराडो । ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नायक निर्माता तथा ब्यबसायी नबराज श्रेष्ठको डेनभर कोलोराडो स्थित पसलमा आज स्थानिय समय अनुसार बिहानको करिब ४ः३० एममा पसल फोडी करिब १२,००० बाह्र हजार अमेरिकन डलर बराबरको सामान डकैति तथा पसल तोडफोड गरेर अन्य हजारौं डलर क्षति भएको कुरा नायक श्रेष्ठले जानकारी गराएको छन् ।

Nepal Telecome

कोभिड(१९ ले गर्दा आर्थिकमन्दीको चपेटामा परिरहेको बेला यसरि आफुले गरेको ब्यबसायमा समेत डकैति हुँदा आफुहरु मारमा परेको नायक अध्यक्ष बताउँछन् । चार महिना सम्म लकडाउनमा परेर भर्खरै नेपाल बाट अमेरिका फर्केका ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष तथा नायक नबराज श्रेष्ठ अमेरिकामा समेत काम गरेर खाना नदिने तत्वहरु सक्रिय रहेको बताउँछन् ।