
" />
वीरगञ्ज । इन्धनको कारोबार अमेलखगञ्ज डिपोबाट गर्न नेपाल आयल निगमले दिएको निर्देशनमा बारा र पर्साका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने तर्क गर्दै उनीहरुले यो निर्णय नसच्चिए आन्दोलनमा जाने भन्दै संघर्ष समिति पनि गठन गरेका छन् । जनवरी १६ अर्थात माघ ३ गतेदेखि डिजल, पेट्रोलको कारोबार अमलेखगञ्ज डिपोबाटै […]
काठमाडौं । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ (आन) को २१ औं साधारण सभाले सोमप्रसाद धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गर्नुभएको छ । समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ । राष्ट्र बैंकले एउटा बैंकको एटीएमबाट अर्को बैंकको कार्ड प्रयोग गरेर हुने भुक्तानीका प्रति कारोबार बढीमा २० रुपैंयाँसम्म लिन पाउने गरी अधिकतम शुल्क निर्धारण गरेको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देश जारी गर्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो […]
काठमाडौं । बुक बिल्डिङ प्रक्रियामा सहभागी जनाउन ४६ वटा संस्थागत लगानीकर्ताले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन परेका ६२ आवेदनमध्ये उक्त संख्यामा लगानीकर्तालाई स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ । संस्थागत लगानीकर्ताको अनुमतिका लागि आएका निवेदन भने रीत नपुगेपछि अस्वीकृत गरिएको छ । त्यसरी स्वीकृतिप्राप्त लगानीकर्तामध्ये ४ वटा वाणिज्य बैंक, ३ वटा विकास […]
काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ । संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई […]
२२ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७/७८ (सन् २०२०-२०२१)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्याएको छ । यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक […]
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको १००औँ शाखा चितवनको हाकिम चोकमा विस्तार भएको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चोक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको हो । यसका साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना […]
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका […]