News Of Global बुधबार, फाल्गुण ०५, २०७७

काठमाडौं । कुमारी बैङ्क लिमिटेड र धुलिखेल बनेपास्थित एक प्रसिद्ध ३ तारे होटेल आगन्तुक रिसोर्ट बीच ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ ।

सो सहकार्य पश्चात् कुमारी बैङ्कका ग्राहकले सोही रिसोर्टमा विभिन्न रेस्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, सोही रिसोर्टमा कुमारी बैङ्कका खातावाल सेवाग्राहीहरुले स्वास्थ्य क्लब सदस्यता, रुम शूल्क, स्विमिङ पुल उपयोगमा भने १०५ छुटको लाभ उठाउन सक्नेछन् ।


जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो रिसोर्टको बसाई लाभदायक बन्न सक्ने बैङ्कको विचार रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत आगन्तुक रिसोर्टका विभिन्न सेवाहरुमा बैङ्कका डेबिटरक्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौता पत्रमा कुमारी बैङ्ककी बनेपा शाखा प्रबन्धक नविना वैद्य र आगन्तुक रिसोर्टका कार्यकारी अधिकृत हरि प्रसाद नेपालले हस्ताक्षर गरे ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]