काठमाडौं । लोकप्रिय गायक चन्द्र शर्मा र गायिका सुजाता केसीको नयाँ गीत ‘छिनछिन चुराले’ सार्वजनिक भएको छ । गीतकार सुबास केसी र गायक शर्माको शब्द सिर्जना रहेको ‘छिनछिन चुराले’ गीतको संगीत भने रमेश परियारको रहेको छ । यस गीतको संगीत संयोजन भने कृष्ण केसीको रहेको छ ।
‘छिनछिन चुराले’ गीतको भिडियोमा गायक चन्द्र शर्मा, सेन्जल पौडेल र अमृत खातीको अभिनय रहेको छ । भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन एवं कोरियोग्राफी गरेकी हुन् । भिडियोको छायाँकन राजेश घिमिरेको रहेको छ भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । भिडियोलाई सुजाता केसीको अफिसियल यूट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

