News Of Global आइतबार, चैत्र २९, २०७७

काठमाण्डौ । एक व्यक्तिले भिडिओ बनाएर टिकटकमा राखेपछि यहाँ भीड बढेको हो । स्थानीय बासिन्दाका अनुसार यो ठाउँमा पहिलेदेखि नै दलदल थियो । तल पानी, माथि झार तथा माटो भएकाले टेक्दा लचकलचक हुने यो ठाउँ टिकटकमा भाइरल नबन्दासम्म खासै चर्चित थिएन । टिकटकले एकाएक भाइरल बनाएपछि स्थानीयबासिन्दा अचम्ममा परेका छन् ।
तल पानी र माथि माटो तथा घाँस भएकाले माथि टेक्दा भुइँ लचकलचक हुन्छ । त्यही ठाउँमा युवायुवतीहरुले दौडिएर, उफ्रिएर र नाचेर भिडियो बनाउने गरेका छन् । दलदले जमिनमा भीड बढ्न थालेपछि सम्भावित दुर्घटनालाई ख्याल गर्दै अहिले यो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर प्रहरीको आँखा छल्दै भिडियो बनाउने क्रम हटेको छैन ।
सामाजिक सञ्जाल टिकटकले यो ठाउँलाई भाइरल बनाएको हो । टिकटकमा चर्चित हुन थालेपछि टाढा टाढाबाट समेत यहाँ आउनेहरुको घुइँचो हुन थालेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]