काठमाडौं । मोहित मर्दन थापाको प्रस्तुतिमा ‘आजसम्मलाई कान्छिले’ गीत सार्वजनिक भएको छ । आफ्ना पिताश्रीको स्वर्गारोहणपश्चात् उहाँका सिर्जनालाई जिवित बनाउने यात्रामा छोरा मोहित मर्दन थापा अग्रसर भएका छन् । गीतकार जगतमर्दन थापाको शब्द सिर्जना रहेको गीत ‘आजसम्मलाई कान्छिले’ लाई मदनसिंह नेपालीले संगीत गरेका हुन् । ‘आजसम्मलाई कान्छिले’ मा द एक्स ब्याण्डका शिव मुखियाले स्वर दिएका छन् भने सुनिल ंिसह नेपालीले संगीत संयोजन गरेका छन् ।
‘आजसम्मलाई कान्छिले’ गीतलाई भकारी म्यूजिक डेभलपमेन्ट कम्पनीको अफिसियल यूट्युब च्यानल बेष्ट टोन म्युजिकबाट सार्वजनिक भएको छ ।
अग्रज गीतकार जगत मर्दन थापा कथा, कविता, नाटक लगायत साहित्यका विविध विधामा कलम चलाएका छन् भने उनका स्वरमा दर्जनौं गीतहरु प्रकाशित भएका छन् ।
‘आजसम्मलाई कान्छिले’ गीतका प्रस्तुतकर्ता मोहित मर्दन थापा गीतकार एवम् ड्रमरका रुपमा सक्रिय रहँदै आएका छन् । विभिन्न क्लबमा आबद्ध रहेर सामाजिक क्रियाकलापमा सक्रिय रहेका मोहित एब्स्ट्रयाक आर्टिष्ट पनि हुन् ।



