काठमाडौं – लोकप्रिय फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

Nepal Telecome

फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले सम्मानित गरेको हो ।

रनर अप मिसेस हिमालयन २०१४,फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सोहरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छिन् ।

राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटीक नामको आफ्नै बुटीकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छिन् । वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो ।

पेजेन्ट नेपाल ईन्टरनेशनलले यसवर्षको ‘पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ भने विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड–१९ लाई मध्यनजर गर्दै विहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप संचालन गरी सम्पन्न गरेको थियो ।