काठमाडौं। मौलिक देउडा भाका, प्रेमभाव र सुदूरपश्चिमको सांगीतिक स्वाद समेटिएको नयाँ देउडा गीत ‘का हालु मायाको मुद्दा’ सार्वजनिक भएको छ। गायक भुवन दाहाल र गायिका निरुता खत्रीको स्वरमा सजिएको उक्त गीतको अडियो तथा भिडियो निरुता खत्री अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा सुशील बोहराको शब्द रहेको छ भने निरुता खत्रीले संगीत भरेकी छन्। कृष्ण बाजुरालीले गीतको संगीत संयोजन, रेकर्डिङ तथा मिक्सिङ गरेका छन्। गीत द म्युजिक इरा स्टुडियोमा रेकर्ड गरिएको हो। बाँसुरीमा रतन बीकेको साथ रहेको गीतले देउडा संगीतको मौलिकता र प्रेमिल भावलाई प्रस्तुत गरेको छ।
गीतको भिडियो भीम थापाको निर्देशनमा तयार भएको हो। अमृत उपाध्यायले छायांकन गरेको भिडियोलाई प्रवीण रेश्मी मगरले सम्पादन गरेका छन्। भिडियोमा वीर बोहरा, मनिषा रावल, केशव पन्त र नरबहादुर चौहानले अभिनय गरेका छन्। मेकअप मेनुका साउदले गरेकी छन्।
देउडा संगीतको मौलिक स्वाद, स्थानीय कला, संस्कृति र प्रेमभावलाई भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। गायन, शब्द, संगीत र दृश्य निर्माणमा विभिन्न सर्जक तथा प्राविधिकको सहकार्य रहेको यस गीतले देउडा संगीतप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
‘का हालु मायाको मुद्दा’ गीतले नेपाली मौलिक लोकसंगीतको पहिचानलाई थप उजागर गर्दै देउडा संगीतको लोकप्रियता र सांगीतिक यात्रालाई नयाँ उचाइ दिने विश्वास गरिएको छ।


