काठमाडौं । कोरोनाको महामारीसँगै सरकारले बैशाख ३ सम्म पुनः लकडाउन थप भएपछि सेयर कारोबार पनि सोही मितिसम्मका लागि बन्द रहने नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले निर्णय गरेको छ।

सरकारले घोषणा गरेको लकडाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

Nepal Telecome

‘कोरोनाका कारण असहज स्थिति उत्पन्न भइरहेकाले बजार बन्दको निर्णयलाई अब वैशाख ३ गतेसम्म निरन्तरता दिइएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजार (नेप्से) ले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था गरेको छ। उक्त विनियमावली भएको व्यवस्थालाई टेकेर कारोबार बन्द गरेको नेप्सेको भनाइ छ।