काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोंगबुको नयाँ बसपार्कस्थित बागलुङ भगवती काउण्टरका कर्मचारी स्याङ्जा चापाकोट–७ घर भई काठमाडौंको मित्रनगर बस्ने ३० वर्षीय मिलन सारु छन् ।

Nepal Telecome

काठमाडौंबाट बागलुङसम्मको नियमित भाडा ९ सय रुपैयाँ भएपनि उनले यात्रुसँग तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिएको पाइएकाले पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कडाइका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने भएकाले छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले उनलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका सारुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी प्रभाग बसपार्कमा बुझाएको छ ।
https://youtu.be/y12U-wyH518