काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केही केही ढिला सुरु हुने भएको छ ।

आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘रास्वपाको सचिवालय बैठक आज आव्हान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारीक कारणले विलम्व हुने भएको छ,’ उनले भने ।

पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभई बैठक भर्चुअलरुपमा सहभागि हुने पनि झाले बताए ।
उनले भने, ‘पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन । तसर्थ उहाँसँग छलफल भइरहेको छ । भर्चुअलरुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मककारी अवस्था हामीले बुझ्नुपर्ने देखिएको छ । साथै केही सचिवालय सदस्यहरुको पनि निर्वाचनको अभियान र संघर्षपूर्ण समयपश्चात जुन उपलव्धि भएको छ त्यसपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँहरुले आराम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको छ ।’

Nepal Telecome

उनले समानुपातिक सूचीका नामहरु टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने पनि बताए । ‘केही सूचीहरुको क्रममा आन्तरिक प्रशासनिक प्रक्रिया वा अभ्यासहरु र प्रक्रियागतरुपमा टुङगाएर आज नै निर्वाचन आयोगमा बुझाउने तयारीमा छौं । निर्वाचन आयोगले तोकेको र दिएको समय सीमा भित्र नै रास्वपाले त्यो सूची उपलव्भ गराउने छ,’ उनले भने ।