" />
काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमईले नयाँ योजना ल्याएको छ । आइएमइमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (च्भब ित्ष्mभ) जम्मा हुने व्यवस्था मिलाइएको छ । अब देश विदेशमा रहनुभएका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा यो सेवा प्रयोग गरेर डिपोजिट गरी आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।
आइएमइले स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व रही नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् देश विदेशमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट कार्य गर्दै आईरहेको छ ।