सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मलंगवा नगरपालिका– २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका – २ इनर्वा निवासी २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेतिर ती युवक पोखरीमा डुबेर बेपत्ता भएका थिए । स्थानीयले युवकलाई पोखरीमा डुब्दै गरेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य थालेका थिए । खोजीका क्रममा नभेटिएपछि अन्ततः स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरी साँझ करिब साढे ५ बजेतिर शव फेला पारिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
