" /> लक्ष्मी पुरीले ल्याइन् ‘माइती र चेली’ – News of Global

News of Global बुधबार, साउन २१, २०७७

काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानले नजिकिँदै गरेको तिज पर्वलाई लक्षित गर्दै तिज गीत ‘माइती र चेली’ बजारमा ल्याएकी छन् । गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेको उक्त गीत किरण के. उप्रेतीले लेखेका हुन् भने डीबी लामाले संगीत गरेका छन् । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् साथै सुबाश लिम्बुले सम्पादन गरेका छन् ।

लकडाउनका कारण झापामा रहेकी गायिका लक्ष्मी पुरीले सामाजिक दूरी कायम गर्दै झापामा नै रहेर यो गीतलाई रेकर्ड गरेकी हुन् । गायनको निरन्तरतामा तिज पर्वमा गत वर्षहरुमाझैं यो वर्षको तिजमा पनि गीत सार्वजनिक गरेकी हुन् । उक्त गीतको रेकर्डिङ कार्य सन् लाइट रेकर्डिङ स्टुडियो बिर्तामोड झापामा भएको थियो। गीतलाई मिक्सिङ मास्टरिङ जोनी तामाङ योन्जनले गरेका हुन् । गीतमा माइती र चेलीबीचको सम्बन्धलाई प्रस्तुत गरेको उनले बताएकी छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]