काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका ३० महिनाका छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएको छ। लामो समय अस्पताल राख्नुपर्ने र आफुहरुको आर्थिक अबस्था निकै कमजोर रहेकाले उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

Nepal Telecome

अहिले बिरामी बालकको निजामति कर्मचारी अस्पताल मिनभवनमा उपचार भईरहेको छ। बालकको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले उनको ठुलोबुबा बासु थापा मगरको प्रभू बैंक कलंकी शाखामा रहेको खाता नम्बर ०३४००४५२४५३०००११ मार्फत सहयोग गर्न सक्ने पनि परिवारले जनाएको छ ।