काठमाडौं । चर्चित गायक, कलाकार इन्द्र बस्यालले आफ्ना दर्शक तथा स्रोतामाझ नयाँ सांगीतिक कोसेली ‘मर्नु न बाच्नु बनायो’ बोलको भिडियो सहितको गीत गायक आफ्‌नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गर्नु भएको छ ।
स्वयं इन्द्र बस्यालको स्वर, शब्द तथा संगीतमा तयार गरिएको ‘मर्नु न बाच्नु बनायो’ गीतमा संगीत संयोजन राकेश सोनीले गर्नुभएको छ । भिडियोतर्फ विष्णु केसी र ममता ममता इन्द्र बस्याल, बाल कलाकार अन्जिला तमाङ, उषा तमाङ लगायतका कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ भने निर्देशन कृष्णराज भण्डारीकोे रहेको छ ।
भिडियोमा सम्पादन अर्जुन खड्का, छायांकन (डिओपी) केशव अधिकारी, मेकअप जोति सोनम, प्राविधिक तर्फ चार्ली केसी, सन्तोष डेनी र मुस्कानको महत्वपूर्ण भूमिका रहेको छ ।
नयाँ वर्षको शुभकामना सहित प्रस्तुत गरिएको यस सांगीतिक कोसेलीले बिगतका आफ्‌ना सिर्जनाहरुले सम्पूर्ण दर्शक तथा स्रोताको मन जित्ने जस्तै ‘मर्नु न बाच्नु बनायो’ ले जित्ने विश्वास गायक बस्यालले लिनु भएको छ ।