तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
दलित समुदायमाथि छुवाछुत तथा जातीय विभेदका कारण निरन्तर भइरहेका सार्वजनिक अपमान, कुटपिट र हत्या जस्ता अमानवीय घटनाहरूका साथै सुकुम्बासीहरूमाथि गरिएको जबर्जस्ती उठिबासको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले यस्ता विभेदपूर्ण व्यवहारको अन्त्य गर्न, पीडितलाई न्याय दिलाउन र राज्यले सबै नागरिकप्रति समान व्यवहार सुनिश्चित गर्न माग गरेका छन्।