काठमाडौं । निर्देशक दिप गुरुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘जूनकिरी’ विशेष प्रियमियर शो सम्पन्न भएको छ । काठमाडौंको गोंगबुस्थित इन्फिनिटी हलमा तीन दिनसम्म चलेको प्रिमियर शोमा दर्शकहरुको खचाखच उपस्थिति रहेको थियो । प्रिमियर शोको अन्तिम दिन चलचित्रमा आवद्ध कलाकारहरुलाई सम्मान गरिएको थियो ।

अप्रिल १९मा हङकङमा विशेष प्रदर्शन गरिएको चलचित्र जूनकिरीको काठमाडौंको विशेष शो पछि हलहलमा प्रदर्शनका लागि तयारीमा रहेको छ । गुरुङ समयदायको घाटु संस्कृतिलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको चलचित्र जूनकिरीमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, डीबी गुरुङ, अनिल सुब्बा, सुस्मिता गुरुङ, सुमन बैरागी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा भरत राईको रहेको छ भने सुरज तमुले लेखेका हुन् । चलचित्रको पटकथा केर डी. कोइच लिनुचको रहेको छ । चलचित्रको भीएफएक्स सञ्जिव लामा र रविन वार्चको रहेको छ भने धनबहादुर गुरुङ, राजकुमार गुरुङ, विनोद गुरुङ, प्रेम बहादुर गुरुङ र सुकबहादुर तामाङ निर्माता चलचित्रलाई दिप फिल्म्स एण्ड प्रोडक्सन ग्रुपको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा अनिल सुब्बाको शब्द तथा संगीत रहेको छ भने सुरज तमु र प्रवृत्ति राईको स्वर रहेको छ ।

Nepal Telecome