काठमाडौं। कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरू मार्फत नियमित काउण्टर सेवाहरु संचालन गर्ने जनाएको छ। तर कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि भने बन्द गरेको जनाएको छ।

यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहने बताएको छ। तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९:४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९:४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुने जनाएको छ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न सुझाव दिएको छ। डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्य नजर गर्दै आफ्ना ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गरेको नजाएको छ। इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने अधिकाशं भुक्तानीका सेवाहरू अर्का सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको समेत बताएको छ।

Nepal Telecome

साथै ग्राहकहरूको सुविधालाई ध्यान दिदै बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क प्रयोग गर्न सकिने जनाएको छ।