News Of Global सोमबार, भाद्र १५, २०७७

काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’ को ‘गृहप्रवेश’ भएको छ ।

विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ । यसै टिमको व्यवस्थापनमा काठमाडौं तथा मोफसलमा समेत होटेल व्यवस्थापन शुरु गरिएको थियो ।

यही टिमले पहिलोपटक आफैं होटेल प्रोपर्टी सुरु गरी सञ्चालन तथा व्यवस्थापन गर्न लागेको ‘द पिक हस्पिटालिटी’का अध्यक्ष दीपक लेखकले जानकारी दिए ।

यो टिममा अहिले लेखकसहित यादव पाण्डे, विशान शाह, विवेक विष्ट साझेदार छन् । ‘द पिक हस्पिटालिटी’ले यसअघि काठमाडौंको एयरपोर्ट होटेल, भैरहवाको बोधी रेडसन होटेल र काठमाडौंको आनन्द पशुपति होटेलको व्यवस्थापन गरिरहेको छ ।

चौथो प्रोपर्टी भने यो समूह आफैंले परामर्श, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको हो । लेखक भन्छन्, ‘हामी पहिलो नेपाली ब्राण्ड हुनेछौं, जसले पहिलोपटक पाँचतारे होटेल परामर्श, सञ्चालन तथा व्यवस्थापन आफै गर्नेछौं ।’

 

चार वर्षमा तयार

सन् २०१६ बाट होटेल मेचि क्राउनको निर्माण सुरु भएको हो । सन् २०२० को भ्रमण वर्षलाई लक्षित गरी निर्माण शुरु गरिएको यो होटेल संचालनको मिति वैशाख २०७७ लाई तोकिएको थियो ।

अध्यक्ष लेखकका अनुसार निर्माणको सम्पूर्ण काम पुरा भइसक्नासाथ संसारभर कोरोना भाइरसको महामारी सुरु भयो । यसको नेपाल प्रवेशसँगै जुन उद्देश्यले लगानी भएको थियो, त्यसअनुसार शुरुवात भने गर्न मिलन ।

‘होटेल जसरी संचालन गर्ने योजना बनाएका थियौं, तोकिएको साइतमा त्यो त अवसर मिलेन,’ उनले भने, ‘तर शुभसाइत हेरे गृहप्रवेश भने गरेका छौं ।’

डेढ अर्ब लगानी

होटेलमा कुल डेढ अर्ब लगानी भएको लेखक जानकारी दिए । कुल १ सय ५ कोठा रहेको यो होटेलले ५ वटा कोठालाई सुइट रुमका रुपमा विकास गरेको छ । १० भिल्ला, २० वटा क्लब रूम र ७० वटा कोठालाई भने डिलक्स रूमका रूपमा तयार गरिएको छ ।

दुई वटा रेष्टुरेन्ट रहेको छ । ब्याङ्क्वेट हलसहित हेलीप्याडको सुविधा समेत रहेको हो छ । होटेल कुल ८ बिगाहा क्षेत्रफलमा फैलिएको छ । होटेलमा कुल १ हजार विरुवा वृक्षारोपण गरिएको छ । जसले वातावरणमैत्री बनाउन सहयोग पुग्ने लगानीकर्ताको विश्वास छ । अत्याधुनिक संरचनामा उत्कृष्ट सेवा दिने लक्ष्यसहित नयाँ होटेल प्रोपर्टी तयार भएको अध्यक्ष लेखक बताउँछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chief Editor

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel