काठमाडौँ – छिरिङ डोल्मा शेर्पा फाउण्डेसन द्वारा सडकपेटीमा बस्ने पिडित तथा राहत बिहिनहरुलाई खाना वितरण गरिदै आएको छ। कोभिड-१९ तथा निषेधाज्ञाको मारमा परेका बौद्ध जोरपाटी र चाबहिल क्षेत्रको सडकपेटीमा बसोबास गर्दै आएका पिडित परिवारहरुलाई केहि दिन देखि सामाजिक दुरी कायम राख्दै प्याकिङ खाना वितरण गरिदै आएको हो।

Nepal Telecome

छिरिङ डोल्मा शेर्पा फाउण्डेसनकि अध्यक्ष, मिसेस टुरिजम नेपाल २०१९ कि विजेता, पर्यटन सद्भावाना दुत तथा मोडल छिरिङ डोल्मा शेर्पाको नेतृत्वमा खाना वितरण कार्य गरिदै आएको हो।

“छिरिङ डोल्मा शेर्पा फाउण्डेसन” ले आगामी दिनमा अन्य सामाजिक कार्य पनि गर्दै जाने कुरा फाउन्डेसनकि अध्यक्ष छिरिङ डोल्मा शेर्पाले बताएकी छिन । आफ्नो अभियानलाइ सफल पार्न आर्थिक रुपमा पनि मजबुत हुनु पर्ने भएकोले देश बिदेशमा बस्ने सम्पूर्ण सामाजसेवी मनकारी नेपालि दाजुभाइहरु लाइ यस अभियानमा जोडिएर सहयोग गरिदिनु हुन समेत उनले आग्रह गरेकी छिन ।

स्मरण रहोस पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता समाजसेवी छिरिङ डोल्मा शेर्पाले बिगत लामो समय देखि समाजसेवामा सक्रिय रहदै अनाथ बालबालिका, सडक बालबालिका, बृदाश्रम, देखि दुर्गम क्षेत्रहरुमा समेत सामाजिक कार्य मार्फत सहयोग गर्दै आएकी छिन ।