काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको बैठकको समय परिवर्तन अब दिउँसो २ बजे बस्ने भएको छ। विशेष कारणवश पूर्व निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि समय सारिएको संसद् सचिवालयले जनाएको छ।

Nepal Telecome

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गर्दै उक्त बैठक आजै दिउँसो २ बजे बस्ने गरी तय भएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभा नियमावली, २०५३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले बैठकको नयाँ समय निर्धारण गरेको सचिवालयद्वारा जारी सूचनापत्रमा उल्लेख छ।