" />
ललितपुर । ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।
दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हो।
मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थय कार्यालयले जानकारी दिएको छ ।
सोही अस्पतालमै उपचारत असोज ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको हो ।
यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।