News of Global २४ आश्विन २०८३, शनिबार
logo_sideko_ads
Nepal News → Politics → Business → Entertainment → Music → Film → Society → International ‘Inmark’ Mira Rana ‘Miss Glam World Nepal 2026’ Timbung Pokhari
menusads
menusads
सरकारको सय दिनको समिक्षा

News of Global
News of Global
आइतबार, आषाढ २१, २०८३

सरकारको सय दिनको समिक्षा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ ।

Nepal Telecome

पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा असफल रहेको दाबी गरे ।

सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको बताउँदै परियारले भने, ‘यो सरकार ‘नहुने विरुवाको खस्रो पात’ १०० दिनले प्रष्ट देखाएको छ ।’

परियारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्न सकेको छैन ।

भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार कमजोर देखिएको उनले बताए । ‘सुकुम्बासीलाई विना विकल्प उठिबास लगाइयो, सवारी सूरक्षाका नाममा जनता मारा जरिवान अवलम्बन लगायतका विषयले यो तानाशाहीता तिर उन्मुखतिर छ भन्ने प्रष्ट भएको छ,’ परियारले थपे ।

पार्टीका परचार विभाग प्रमुख रजमान तामाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिले बालेन सरकार पूर्णरुपले राष्ट्रघाति रहेको आरोप लगाए ।

पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानले स्थापित गरेका लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा संवैधानिक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.