न्युयोर्क। अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ। सन् २०२६ जुलाईमा जारी गरिएको सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको छ।
मंगलबार सिटी हलमा आयोजित एक समारोहबीच उक्त सम्मानपत्र हस्तान्तरण गरियो। जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं न्युजर्सीका गभर्नरको ‘एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा. विष्णुमाया परियारले उक्त सम्मानपत्र चौलागाईंलाई हस्तान्तरण गर्नुभएको थियो।
काउन्सिलम्यान-एट-लार्ज रोलान्डो लभारोले हस्ताक्षर गर्नुभएको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ। उहाँले चलचित्र तथा समकालीन संगीत विधामा गरी ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उहाँलाई नेपाली संगीत जगतमा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको सम्मानपत्रमा उल्लेख छ।
सम्मानपत्रमा चौलागाईंको कलात्मक यात्रालाई केवल गीत गायन वा संगीत सिर्जनामा मात्र सीमित नराखी नेपाली सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, नयाँ पुस्ताका कलाकारलाई मार्गदर्शन गर्ने र नेपाली संगीत सम्पदाको जगेर्ना गर्ने एक सशक्त सांस्कृतिक व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ। चौलागाईंले नेपाल र विश्वभर फैलिएको नेपाली समुदायबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको समेत त्यसमा उल्लेख छ।
उक्त सम्मान न्युयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसर पारेर प्रदान गरिएको हो। सम्मानपत्रमा थप भनिएको छ— “चौलागाईंको असाधारण कलात्मकता, सांस्कृतिक गर्व र गतिशील मञ्च उपस्थितिले उहाँलाई नेपाली समुदायभित्र मात्र नभई प्रवासी नेपाली युवापुस्तामाझ पनि प्रेरणाको स्रोत बनाएको छ। उहाँले आफ्नो संगीतमार्फत नेपाली भावना, संस्कृति र अनुभूतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आउनुभएको छ।”
दुई दशकभन्दा लामो समयदेखि नेपाली सुगम संगीत र चलचित्र पार्श्व गायनमा सक्रिय युवराज चौलागाईं नेपाली सांगीतिक आकाशका एक स्थापित, बहुमुखी र सम्मानित कलाकार हुन्। उहाँको जादुमयी स्वर र जीवन्त गायन शैलीले उहाँलाई लाखौँ नेपाली संगीतप्रेमीहरूको प्रिय बनाएको छ।
नेपाली सुगम संगीत क्षेत्रमा यू फील एलबुम बाट साझापख जब दोस्रो एल्बम यश,बाट लैजा चरी ,सब्द एल्बम बाट हरेक शब्द को अर्थ हुन्छ ,क्लासिक रिमेक गीत “टुङ्नाको धुनमा ” मार्फत औपचारिक रूपमा सशक्त उपस्थिति जनाएका चौलागाईंले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन। उहाँले नेपाली चलचित्र र आधुनिक संगीत विधामा थुप्रै कालजयी गीतहरू दिनुभएको छ। सुपरहिट चलचित्र ‘नोभेम्बर रेन’ को सर्वाधिक चर्चित गीत “पल भरमै खुसी”, चलचित्र ‘क्लासिक’ को “हारे हारे “, चलचित्र ‘पलास’ को “तिमी साथमा हुँदानि”, चलचित्र “कान्छी” बाट यो मन रमाउदै ” चलचित्र हवल्दार् सुन्तली ” बाट तिम्रा डोला डोला हातमा ” चलचित्र छ यकान छ को टाइटल song तथा “तिम्रो माया पाउनलाई”, “झम झम लाग्यो”, “छुटेपछी त छुट्यो” “पल पल चोट “ मैले भन्दा माया गरनी” “सिरफुले माया” जस्ता दर्जनाैँ गीतहरूले उहाँलाई नेपाली संगीत उद्योगको उचाइमा पुर्याएका छन्।
चौलागाईं केवल रेकर्डिङ स्टुडियोमा मात्र सीमित नभई देशभित्र र बाहिरका मञ्चहरूमा स्टेज प्रस्तुतिका लागि उत्तिकै चर्चित हुनुहुन्छ। बहुमुखी प्रतिभाका धनी चौलागाईं गायनका साथै उत्कृष्ट संगीत सिर्जना र नयाँ प्रतिभाहरूलाई मार्गनिर्देशन गर्न समेत सक्रिय रहँदै आउनुभएको छ। वहाँले ले बिभिन्न राष्ट्रिय अवार्ड बाट सम्मनित हुनुहुन्छ NFDC राष्ट्रिय चलचित्र अवार्ड “ neffta अवार्ड ” फान् ”FAAN अवार्ड ”INAS इनास अवार्ड ,KALIKA AWARD ” कालिका अवार्ड ”bindhabashini ”बिन्दबासिनी ” अवार्ड ” MUSIC KHABAR MUSIC AWARD, SAGARMATHA MUSIC AWARD,लगायत दर्जनौ भन्दा बडी अवार्ड हातपार्नु भैसकेको छ ।



