काठमाडौं – ब्युटिसियन ट्यालेन्ट नेपाल-२०२० सिजन ३ को उपाधि चुम्न सफल सौन्दर्यकर्मी लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् । ललितपुरको इमाडोल कमलपोखरी स्थित उनले “लिना ब्युटी जोन हेयर एण्ड मेकअप” सञ्चालनमा ल्याएकी छिन् । प्रमुख अतिथि रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले सो व्युटिपार्लरको उद्घाटन गरेकी हुन् । उक्त उद्घाटन समारोहमा बिसेष अतिथिको रुपमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, सौन्दर्यकर्मी रिना अवाले, फेशन डिजाईनर इन्ता श्रेष्ठ, सौन्दर्यकर्मी रचना शाक्य र रेणु शाक्य राना लगायत अन्य सौन्दर्यकर्मी तथा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

रिवन काटेर “लिना ब्युटी जोन हेयर एण्ड मेकअप” को उद्घाटन गर्दै बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले ’ लिना डंगोल बिगत लामो समय देखि सौन्दर्यकर्मी पेशामा रहेर मेहनत र लगनशीलताको साथ् काम गर्दै आएकी र उनीमा एक सौन्दर्यकर्मीमा हुनु पर्ने सम्पूर्ण खुबी र दक्षता रहेको भन्दै उनको उज्जल भबिष्यको लागि शुभकामना व्यक्त गरिन् । त्यसै गरि उद्घाटन समारोहमा संचारकर्मी सुर्य चन्दले केक काट्दै बधाई तथा शुभकामना दिएका थिए।

Nepal Telecome

“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय व्युटिपार्लर भएको सौन्दर्यकर्मी लिनाले उद्घाटन समारोहमा बताईन् । आफु लामो समयदेखि व्युटिसियन पेशामा आबद्ध भएको र ललितपुर इमाडोल क्षेत्रका व्युटिपारखीहरुका लागि यो पार्लर स्थापना गरेको पनि उनले बताईन् ।