काठमाडौं । तीज पर्वको अवसर पारेर गायिका रेखा पोखरेलको स्वरमा रहेको नयाँ तीज गीत ‘आउन पाइन माइत’ सार्वजनिक गरिएको छ। माइतीप्रतिको माया, सम्झना र तीजमा घर जान नपाउने महिलाको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतमा महेन्द्र शर्माको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन खेमराज गौतमले गरेका छन्। गीतको रेकर्डिङ ओजोन स्टुडियोमा गरिएको हो। मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका छन्।
गीतको भिडियो तिलक ठकुरीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो। छायांकन दिनेश खनालसहितको टोलीले गरेको छ भने सम्पादन तथा कलर दिनेश मुस्कानले गरेका छन्।
भिडियोमा गीता ढुंगाना, नमुना भण्डारी, टिकाराम शर्मा र दिपक राजबंशीको अभिनय रहेको छ। गीतको भिडियो महेन्द्र शर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
मार्मिक शब्द, मौलिक तीजको लय र उत्कृष्ट प्रस्तुतिका कारण ‘आउन पाइन माइत’ यस वर्षको तीजमा दर्शक–श्रोतामाझ विशेष रुचाइने अपेक्षा गरिएको छ।



