News Of Global बिहिबार, कार्तिक ०६, २०७७

काठमाडौँ – पशुपति म्युजिकले वियोगान्त भावको गीत जहाँ छोड्यौ तिमीले को भिडियो सार्वजनिक गरेको छ। मखमली स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत एसएस गणेशले रचना गरेका हुन् । गीतमा दिवान किनारको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ् – माष्टरिङ् रहेको छ ।

सङ्गीत क्षेत्रमा गिनेचुने अब्बल दर्जाका भिडियो सम्पादकको रुपमा चिनिदै आएका निशान कश्यपको निर्देशन तथा सम्पादनमा यो भिडियो तयार भएको हो । लामो समयदेखि भिडियो सम्पादन सँगसँगै फाट्टफुट्ट निर्देशन समेत गर्दै आएका निशान पछिल्लो समय निर्देशनमा समेत निकै सक्रीय देखिएका छन् भने उनको निर्देशकीय क्षमताको पनि सर्वत्र प्रशंसा हुन थालेको छ ।

जहाँ छोड्यौ तिमीले को भिडियोमा गौरव पहाडी, केकी अधिकारी र कुमार बास्तोलाको अभिनय रहेको छ l जसमा उत्सव दाहालले सिनेम्याटोग्राफी गरेका छन् । भिडियोमा एउटा सामान्य पेशा गरेर जीविका चलाईरहेको परिवारको वियोगान्त कथा समेटिएको छ । यथार्थपरक दृष्य समेटिएको यस भिडियोमा धन देखेपछि मान्छेको नैतिकता, इमान, वाचा-कसम, प्रेम र विश्वास कसरी डगमगाउँछ भन्ने कुरा देखाईएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]