काठमाडौंको टोखा नगरपालिका–१ स्थित झोर क्षेत्र यतिबेला हराभरा धानखेतले मनमोहक बनेको छ। हरिया फाँट, स्वच्छ ग्रामीण वातावरण र प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। बौडेश्वर महादेव, झरना र शिवपुरी क्षेत्रसँग जोडिएको झोरले प्रकृति र धार्मिक पर्यटनलाई एकसाथ समेटेको छ।



