" /> तातोपानी भन्सारमा चीनतर्फको नाका खुला – News of Global

News of Global सोमबार, कार्तिक १७, २०७७

काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द भएको थियो ।

रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काका अनुसार औपचारिक रुपमा नाका खुलेपनि स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माण बाँकी रहेको जानकारी दिए । माल वस्तु ढुवानी गर्ने चालकहरुको स्वास्थ्य परीक्षणका लागि प्रि-फ्याब भवन बन्दै गरेको, सीमापारी रोकिएका वस्तुहरुको अभिलेखीकरण थालिएको तथा व्यापारीहरु पनि सम्पर्कमा ल्याउने काम थालिएको उनले बताए ।

‘कुटनीतिक हिसावले नाका खुलेको छ,व्यवहारत् मालसामान आयात निर्यात हुन मंगलबारसम्म लाग्न सक्छ ।’ खड्काले भने । यस्तै तातोपानी भन्सार नाकामा पनि स्वस्थ्य मापदण्ड निमार्णकै चरणमा छ । माथिल्लो तहबाट नाका खुलेको घोषणा भएपनि मालवस्तु जाँच पास गर्न केही समय लाग्ने तातोपाली भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘हामी पूर्ण रुपमा तयार छौँ स्वस्थ्यको टोलीको अनुमति पछि नाका सञ्चालनमा आउँछ,’ भन्सार कार्यालय प्रमुख खत्रिले भने ।

सरकारले गत बुधबार शुक्रबारदेखि नेपाल चीन प्रमुख व्यापारिक नाका खोल्ने निर्णय गरेको थियो । स्वास्थ्य र कृषि मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी मापदण्डमा रहेर माल वस्तुको आयात निर्यात सुचारु गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सारलाई अनुमति प्रदान गरेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]