काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण गर्दै उनीहरूले भोग्दै आएका समस्या र चुनौतीबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

Nepal Telecome

संयुक्त राष्ट्रसङ्घको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ मा प्रत्येक वर्ष अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।