" /> अनाथ बालबालिकासँग मनाइन मोडल रुबिष्का श्रेष्ठले जन्मदिन – News of Global

News of Global आइतबार, कार्तिक २३, २०७७

काठमाडौँ – मोडल रुबिष्का श्रेष्ठले आफ्नो जन्मदिन टोखामा रहेको पबित्र सेवा समाज (अनाथलय)मा मनाएकी छिन। उक्त संस्थामा आश्रित करिब ६० जना बृद वृदा तथा बालबालिकाहरुलाई खाना खुवाएर श्रेष्ठको बर्थडे मनाएकि हुन् । सानै देखि समाजसेवामा रुचि राख्ने मोडल रुबिष्का छोटो समयमा नै नेपाली मोडलिङ क्षेत्रमा चर्चामा रहेकी छिन। दर्जनौ म्युजिक भिडियो, व्यापारिक एड, फेशन सो तथा मोडलिङ प्रतियोगितामा भाग लिईसकेकी श्रेष्ठको चाहना मिस नेपाल बनेर सामाजिक कार्यमा लाग्ने रहेको छ।

मोडल रुबिष्का श्रेष्ठले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुसि महसुस गरेको बताइन । आगामी बर्षहरुमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने ’, उनले भनिन् ।

मोडल रुबिष्का श्रेष्ठले आफ्नै आमा बरिष्ट सौन्दर्यबिद रुष्का श्रेष्ठ, सञ्चारकर्मी र परिवारहरुका साथमा जन्मदिन मनाएकी थिइन । उपस्थित सञ्चारकर्मी तथा आफन्तहरूले मोडल रुबिष्का श्रेष्ठले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । उक्त अवसरमा उनले अन्य कानेकुरा समेत वितरण गरेकी थिइन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]