" /> डीआरका तीन कृति सेन्टोसा, डोब र भूइँचम्पा सार्वजनिक – News of Global

News of Global आइतबार, मंसिर ०७, २०७७

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण ‘सेन्टोसा’, पेशागत अनुभव एवम् अनुभूतिको सङ्ग्रह ‘समयको डोब’ र गीति एल्बम ‘भूइँचम्पा’को आज एक विशेष कार्यक्रमबीच लोकार्पण गरे ।

शङ्कर लामिछाने प्रतिष्ठान द्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार,ललितपुर स्थित निवासमा भएको थियो । सो अवसरमा प्रमुख अतिथि जोशीले भने– नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पु¥याउनु पर्ने आवश्यकता माथि जोड दिँदै त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचान लाई विश्वव्यापी गर्नसक्छौँ ।

यात्रा लेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन भएको जोशीको धारणा थियो । उनले कोरोनाका कारण अन्य गतिविधि जस्तै नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहल पहल बढेकोमा खुशी व्यक्त गरे ।

प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डी. आर. का कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्ध कृति कान्तिपुर देखि सन्दकपुर सम्म भन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोण बाट महत्वपूर्ण भएको र समयको डोबले फोटोग्राफी पेशामा संलग्न हुँदाका सङ्घर्षलाई अभिलेखन गरेको बताए।

सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अङ्गे्रजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताए । उनले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अंग्रेजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अंग्रेजी अनुवादको काम अघि बढेको जानकारी पनि दिए।

कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडी, प्रसिद्ध निबन्धकार युवराज नयाँघरे,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, सङ्गीतकार तथा संचारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बीसीले पनि लोकार्पित कृति र कृतिकारबारे आ–आफ्ना धारणा राखेका थिए भने स्रष्टा डी. आर. ले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

स्रष्टा डी.आर.को सेन्टोसा दोस्रो यात्रासंस्मरण कृति हो ।समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् ।

छैटौँ गीति एल्बम भूइँचम्पामा विभिन्न सङ्गीतकारको सङ्गीतमा विभिन्न गायकगायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको सङ्गीत रहेको छ भने सञ्जीवनी, संगीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिएका छन् ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसैगरी प्रमुख वक्ता प्रमोद प्रदान र सर्जक राईलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु मन्जिला शर्मा, अनिल शर्मा, कमला रिसाल, प्राज्ञ ज्योति प्रकाश, पत्रकार तुलसी भावुकलगायतको उपस्थिति रहेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]