काठमाडौं । मंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतीको रुपमा सोही पुस्तकका लेखक सन्तोष लामा रहेका थिए भने प्रमुख अतिथीको रुपमा माननिय बहादुर सिंह लामा रहेका थिए । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पाेरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यम बहादुर मल्ल, पछिल्लो समय चर्चामा रहेको गीत “चम्चा पिलेट” का सर्जक भिम कुसारी, रेडियो नेपालका सञ्चारकर्मी भरत बमजम, तरुण दलका बिधान गुरुङ, म्युजिक डायरीका तुलसी गिरी “भाबुक” लगायत धेरै पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेको थिए ।

Nepal Telecome

उक्त कार्यक्रममा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेतले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सृजना अधिकारीले गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथी माननिय बहादुर सिंह लामाले शुभकामना दिदै यस पुस्तक सबैको लागी उपयोगी भएको र आफ्नो जिवनमा मेल खाएको, आफुले भोगेको कुरा समेटिएको जानकारी गराउदै एक पटक सबैले यो पुस्तक अध्ययन गर्न समेत अनुरोध गरेका थिए । साथै आफुले मनमा मात्र राखेको तर सन्तोष लामाले पुस्तक नै प्रकाशन गरेको भन्दै बधाई दिदै शुभकामना ब्यक्त गरेका थिए ।

उत्प्रेरक वक्ता एबं सोही पुस्तकका लेखक सन्तोष लामाले उपस्थित अतिथी तथा पत्रकारहरुलाई धन्यबाद दिदै आफुले जिन्दगीमा भोगेका कथा ब्यथाहरु समेट्नुका साथै करिव ६ सय वटा पुस्तक अध्ययन गरेर “सफलताको Blueprint” नामक पुस्तकको जन्म भएको जानकारी गराए । साथै यस पुस्तक सुरु देखी अन्त्य सम्म श्रृखलाबद्ध अध्ययन गरेपछि सफलता कसरी पाउन सकिन्छ भन्ने शुत्र पत्ता लगाएर सफलताको लागी आफै योजना निर्माण गर्न सकिने छ भन्ने उदाहरण पनि प्रस्तुत गरेका थिए । थप जानकारी लिन र सोही पुस्तक किन्नका लागी लेखक सन्तोष लामालाई ९८५११९१२०३ मा सम्पर्क गर्न सकिने छ ।

Share this: