News Of Global शनिबार, मंसिर १३, २०७७

काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्‍याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् ।

कोरोना महामारी सुरु भएपछि नेपाल फर्किएका उनीहरु ७ महिनासम्म म्यानपावर धाए । तर क्षतिपूर्ति नपाएपछि अहिले वैदेशिक रोजगार विभाग पुगेका छन् । श्रम स्वीकृति नलिई गएकै कारण दुःख पाउनेहरुको संख्या बढिरहेको छ, तै पनि भिजिट भिसामा यूएई, बहराइन लगायत श्रम गन्तव्य देश जानेको संख्या कम छैन ।

वैदेशिक रोजगार व्यवसायी संघले पनि भिजिट भिसामा घुम्न होइन, काम गर्न श्रमिक लगिएको बताएको छ । यसमा मानव तस्कर गिरोहहरु लागेको उसको अनुमान छ ।
कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् । तर भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसेले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।

तर, पछिल्ला समय प्रलोभनमा पारेर युवालाई विदेश पुर्‍याउने क्रम बढ्न थालेको छ । कोरोना माहामारीका कारण बन्द भएको अन्यतराष्ट्रिय उडान पुनः सुचारु भएसँगै भिजिट भिसामा जानेको संख्यामा बढेको छ । खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् । खाडी मुलुकहरुको ३ महिने भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमा रोजगारीको ग्यारेन्टी गरिएको छ ।

६ हजार नेपाली यूएई पुगेको अनुमान

अहिलेसम्म यूएईबाट नेपाली कामदारको माग आएको छैन । नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पनि सुरु गरेको छैन । तर, यहाँबाट यूएईलगायत देशमा रोजगारीका लागि नेपाली युवा उडाइँदैछ । भदौयता भिजिट भिसामा यूएईमा मात्र ६ हजार नेपाली पुगेको वैदेशिक रोजगार व्यवसायी संघको आँकलन छ ।

यूएई, बहराइनलगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गरेको छ ।

संघका महासचिव सुजित श्रेष्ठ यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९–३० वर्ष उमेर समूहका रहेको बताउँछन् । ‘भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका उनीहरुमध्ये केहीले संघमा उजुरी दिएका छन्,’ उनले भने, ‘मासिक एकलाख तलब दिलाउने भनेर त्यहाँ पुर्‍याइएको जानकारी उनीहरुले दिएका छन् ।’

श्रेष्ठका अनुसार, भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]