" /> कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार – News of Global

News of Global आइतबार, मंसिर २१, २०७७

काठमाडौं – बरिष्ट अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारका २०७५’ प्रदान गरिने भएको छ । संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार यी दुबै चलचित्रकर्मीलाई दिने निर्णय गरेको हो ।

सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने निर्णय समेत गरेको छ । वि.सं.२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो । पुरस्कारको थैली जनही २५–२५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं.२०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रुपैयाँ रहेको छ ।

परिवर्तन नेपालको सोही बैठकले ‘परिवर्तन सम्मान २०७६’ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक र अभिनेता विश्वदीप घिमिरे र निर्देशक, अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय रहनु भएको समितिले गरेको हो । यसअघि हरितारा चलचित्र पुरस्कार महजोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

डब्लुएचओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुसको दोस्रो पुरस्कार तथा सम्मान अर्पण गरिने परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]