" /> गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ, अस्पतालमा अपराधीको जस्तो व्यवहार भयो – News of Global

News of Global बुधबार, चैत्र १२, २०७६

काठमाडौं । नोवल कोराना (कोभिड १९) भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ देखिएको छ ।
कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो ।
कनिकाको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले कनिकाले अस्पतालमा अनेक सुविधा खोजेको आरोप लगाउँदै आएका छन् । कनिकाले चाहिँ अस्पतालमा आफूलाई अपराधीको जस्तो व्यवहार भएको गुनासो गरेकी छन् ।

लण्डनबाट फर्किएको केही दिनपछि उनमा कोरोना संक्रमण देखिएको थियो । यो बीचमा विभिन्न पार्टीमा सहभागी भएपछि उनको आलोचना भइरहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]