काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

Nepal Telecome

सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही समय अगाडि अध्ययन कार्यदल बनाएको थियो।

मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समितिमा पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङ, नेपाल पर्यटन बोर्डका सिइओ डाक्टर धन्नजय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेब घिमिरेलगायत अर्थ र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका प्रतिनिधि रहेका थिए।

उक्त समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरणसहित सातामा २ दिन बिदा दिने मिल्ने भन्दै रिपोर्ट बुझाएको छ।

समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरणसहित सातामा २ दिन बिदा दिने मिल्ने भन्दै रिपोर्ट बुझाएको छ।