News Of Global बुधबार, पौष ०१, २०७७

काठमाडौं गीतकार लोकराज अधिकारीको नयाँ गीत ‘क्या बात’ सार्बजनिक भएको छ । सरोज कोइरालाको सङ्गीत, वर्षा दासको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर रहेको छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना ‘क्या बात’ टिमको छ । गीतकार अधिकारीले आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई, शिलास्मा हमाल, आश्मा अधिकारी र डा. रोजिना अधिकारीको अभिनय छ ।

विकाश दाहालको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका छन् । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको सङ्गीत संयोजन गोबिन्द मधुर आचार्यले रेकर्डिङ मिक्सिङ सन्तोष पौडेलले गरेका हुन ।

नेपाली सुगम सङ्गीत र चलचित्रमा गीत लेखेर ख्याती कमाएका लोकराज अधिकारीले आफ्ना अघिल्ला गीत जस्तै यो गीतले पनि स्रोताको मन जित्नेमा आशावादी छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]