" /> हरिचरण बानियाँ सहित झापाका ८ नेता नेकपा केन्द्रिय सदस्यमा मनोनित – News Of Global
हरिचरण बानियाँ सहित झापाका ८ नेता नेकपा केन्द्रिय सदस्यमा मनोनित

नेकपामा झापाबाट थपिए ८ जना केन्द्रीय सदस्य

सविता पोखरेल मंगलबार, पौष ०७, २०७७

काठमाडौं । सामाजिक, राजनीति र शैक्षिक क्षेत्रमा लोकप्रियता कमाएका झापाका हरिचरण बानियाँ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले बानियाँ सहित
झापाका ८ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

झापा धाइजनका हरिचरण बानियाँ सहित कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा अनुशासन आयोग सदस्य अर्जुन राई र  पूर्वसांसद हरिचरण शिवाकाेटी केन्द्रीय सदस्य भएका छन्।

यस्तै, झापाका संविधानसभा सदस्य दिपक कार्की र प्रेम गिरी केन्द्रीय सदस्य चयन भएका छन्।

प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल र हरि राजवंशी यश अघि नै केन्द्रीय सदस्य थिए।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]