काठमाडौं । बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले आधार सिलिण्डर ग्यास भरेर बिक्री गर्न उद्योगहरुलाई निर्देशन दिएको छ । अब बजारमा ७.१ केजी ग्यास भरिएको सिलिण्डर पाइने छ । यति ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा पर्नेछ ।

Nepal Telecome

आपूर्ति पर्याप्त भएपनि ग्यास अभाव कायमै भएपछि निगमले आधा ग्यास भरेर बेच्ने निर्णय गरेको हो। एउटा सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ। अब भने ७.१ किलो ग्यास मात्रै बिक्री गरिने निगमले जनाएको छ।
‘आपूर्तिको समस्या छैन, तर बजारमा अझै अभाव छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने, ‘सबैको पहुँच बनाउन आधा भरेर बेच्न भनेका छौं।’ ग्यास आयात भएपनि वितरण प्रणाली कमजोर छ।

कोरोना संक्रमण रोक्न भारतले २१ दिने लकडाउन घोषणा गरेपछि बजारमा ग्यास अभाव देखिन थालेको हो। उपभोक्ताले ग्यास नपाइने डरमा सञ्चिति गर्न थालेपछि अभाव देखिएको अनुमान छ। वितरणमा समस्या भए पनि निगमले भने ग्यास आपूर्तिमा समस्या नरहेको जनाएको छ।
निगमका अनुसार मंगलबार करिब १ सय ४० बुलेट, बुधबार १ सय १० बुलेट ग्यास लोड भएको थियो। बिहीबार पनि करिब ८० बुलेट ग्यास लोड हुने अनुमान छ। तर, नेपालमा भण्डार नहुँदा समस्या भएको निगमले जनाएको छ।