News Of Global शनिबार, पौष १८, २०७७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको १००औँ शाखा चितवनको हाकिम चोकमा विस्तार भएको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चोक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको हो ।

यसका साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो । एभरेष्ट बैंक लि। का प्रमुख कार्यकारी अधिकृत जी।के। नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी।के। नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उप९महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]