" /> कृष्ण रसालको ‘रातलाई चन्द्र… – News of Global

News of Global बुधबार, पौष २२, २०७७

काठमाडौं । म्युजिक भिडियो निर्माणमा पनि प्रतिस्पर्धा देखिएको छ । आफ्नो भिडियो कसरी उत्कृष्ट होस र दर्शक रुचिको बनाउँने भन्ने । यसै क्रममा गायक तथा मोडेल कृष्ण रसालले चाइनाको बिशाल शहर चेंग्दूमा पुगेर भिडियो छायांकन गरि सार्वजनिक गरेको छ । गायक तथा मोडेल कृष्ण रसाललाई गायिका निकिता थापाले स्वरमा साथ दिएकी छन् । ‘रातलाई चन्द्र…’ बोलको गीतको भिडियोेलाई ट्यून नेपालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । प्रभात त्रिपाठीको शब्द, शुभाष भुषालको संगीत, उदय राज पौडेलको संगीत संयोजन तथा कुमार के.सि.को रेकर्डिङ रहेको भिडियोे देवेन्द्र शाहीले खिचेका हुन् । राजेन्द्र पाण्डेको सम्पादन र देवेन्द्र शाही तथा कृष्ण रसालको निर्देशनमा भिडियो तयार पारिएको हो । रोमान्टिक शैलीमा तयार पारिएको भिडियोमा ज्ञानेन्द्र ब. खड्का र चाइनीज कलाकार (यमी)को अभिनय देख्न सकिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]