" /> आनको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे निर्वाचित – News of Global

News of Global आइतबार, पौष २६, २०७७

काठमाडौं । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ (आन) को २१ औं साधारण सभाले सोमप्रसाद धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई साधारणसभाले निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

त्यस्तै महासंघको महासचिव कृष्ण घिमिरे, द्वितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी भएका छन् । निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने बताए । विज्ञापन नपाएर धेरै सञ्चारगृह र सञ्चारकर्मी अप्ठ्यारोमा परेकाले समस्या समाधानका लागि सरकारले सबैलाई हातेमालो र एकाकार गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

संघका सदस्य हाल ३२० विज्ञापन संस्था रहेको र ती संस्थामार्फत ११ हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाइरहेको जानाकारी दिए ।

साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भोकसँगै गुणस्तरहीन सामग्रीको प्रयोगबाट हुनसक्ने रोगव्याधीको खतरालाई मध्यनजर गर्दै दूरदराजमा गुणस्तरीय सामग्री पुर्याउनेतर्फ हाम्रा विज्ञापन र सूचना परिलक्षित हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले कोभिड–१९ ले मुलुकको अर्थतन्त्रलाई खुम्च्याएकाले विज्ञापनको बजार १२ अर्बबाट झरेर छ अर्बमा सीमित हुनपुगेको धारणा राखे ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]