" /> कलाकार संघको भवन निर्माण मूल समिति गठन – News of Global

News of Global आइतबार, पौष २६, २०७७

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) ले कलंकीको स्यूचाटारमा निर्माण गर्न लागेको आफ्नै भवनका लागि भवन निर्माण मूल समिति गठन गरेको छ ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दिनु भएको जानकारी अनुसार संघको केन्द्रिय कार्यसमितिको बैठकले वर्तमान संरक्षक वरिष्ठ कलाकार हरिबंश आचार्यको संयोजकत्वमा भवन निर्माण मूल समिति गठन गरिएको हो ।

वर्तमान केन्द्रिय अध्यक्ष सह–संयोजक रहने मूल समितिमा पूर्व संरक्षक, पूर्व केन्द्रिय अध्यक्षहरु, सल्लाहकारहरु, कानूनी सल्लाहकारहरु, वर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु, संघको अमेरिका, बेलायत तथा प्रदेश १ शाखा आदिलाई समेटेर मूल समिति गठन गर्ने सर्वसम्मत निर्णय भएको छ ।

अध्यक्ष खड्काका अनुसार उत्तस् समितिमा प्राविधिक, व्यवसायी, उद्योगपति आदिलाई पनि समावेश गरेर मूल समिति गठन गर्ने निर्णय भएको हो ।

बैठकले चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय तथा नेपाल सरकारसंग समन्वय तथा सहमति सम्झौता गर्नरगराउन ‘भवन निर्माण कार्य सम्पादन समिति’ पनि गठन गरेको छ ।

उक्त समितिमा अध्यक्ष रविन्द्र खड्का संयोजक, सल्लाहकार मदु कुमार श्रेष्ठ सह–संयोजक तथा सुनिल कटुवाललाई कोषाध्यक्षमा मनोनयन गरिएको छ ।

उक्त समितिका थप सदस्यहरु,आमन्त्रित सदस्य प्राविधिकरसल्लाहकार चयन गर्ने सम्पूर्ण जिम्मेवारी वर्तमान अध्यक्षलाई नै दिइएको छ ।

अध्यक्ष खड्काले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट प्राप्त हुने ५० लाख रुपैयाँ रकमका लागि वर्तमान नेपाल सरकार, चलचित्र विकाश बोर्ड, सञ्चार मन्त्रालयप्रति आभार प्रकट गर्दै चन्द्रागिरी(१३ स्थित स्यूचाटार, पुरानो नैकाप, थानेटारमा निर्माण हुन लागेको चलचित्र कलाकार संघको भवनका लागि देश विदेशमा रहने चलचित्रकर्मी, दाता, सहयोगीको साथ र सहयोगबाट ६ महिना भित्रमा साढे ३ तल्लाको भवन निर्माण हुने बताएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]