" />
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी नेता, कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले १८ जनालाई पक्राउसमेत गरेको छ ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिइएको बताएका छन् ।