" />
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अविवाहित रहेका कारण कहिले विवाह गर्ने भन्ने प्रश्न झेलिरहेका थिए । अब भने उनले यही माघ ११ मा विवाह गर्ने पक्का भएको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् ।
संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।
यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।
https://youtu.be/LOquls2Qh0A