News Of Global सोमबार, माघ ०५, २०७७

काठमाडौं । गायिका टीका प्रसाईंको ‘माया लुकी लुकी’ गीतले यूट्युबमा इतिहास रचेको छ । चलचित्रको गीतमा कुटुमा कुटु गीत दश करोडभन्दा बढी भ्यूज पाउने पहिलो गीत बनेको थियो भने ननफिल्मी गीतमा गायिका प्रसाईंको यो गीतले यूट्युबमा १० करोड भ्यूज पाएएर इतिहास रचेको छ ।

गीतले एक सय मिलियन भ्यूज पाएको उपलक्ष्यमा गायिका प्रसाईंले युट्युब लाइभमा आएर सम्पूर्ण दर्शकहरुप्रति आभार व्यक्त गरेकी छिन् । सोमबार साँझसम्म यो गीत युट्युबमा १० करोड ८२ हजार ९ सय ६४ भन्दा बढी पटक हेरिएको छ ।

यो गीत दुई वर्ष अघि सन् २०१८ को जुन ७ का दिन गायिका प्रसाईंले आफ्नै यूट्युब च्यानल ‘टिका प्रसाईं’ अपलोड गरेकी थिइन् । गायिका प्रसाईंको यो च्यानललाई समेत चार लाख २३ हजार भन्दा बढीले ‘सब्स्क्राइब’ गरेका छन् ।

माया लुकी लुकी गीतको भिडियोले हालसम्म यूट्युबमा १३ हजार सात सय ७ सय २३ पटक कमेन्ट भएको छ । भिडियोलाई ४ लाख १६ हजारले ‘लाइक’ गरेका छन् ।

यो गीतमा आनन्द अधिकारीको शबद तथा आशिष अविरलको संगीत निर्देशन छ । गीतमा आशिष अविरलकै संगीत संयोजन छ ।

उक्त गीतको म्युजिक भिडियोलाई ‘द कार्टुन क्रु’को समूहको अभिनय र नृत्य देख्न सकिन्छ। भिडियोलाई सरोज अधिकारीले यो निर्देशन गरेका हुन् ।

नेपाली म्युजिक भिडियो यूट्युबमा १० करोडभन्दा बढी पटक हेरिएको यो दोस्रो अवसर हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]