News Of Global सोमबार, माघ १२, २०७७

काठमाडौं । प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले ‘प्रभु दाइ’ नामको अनलाइन सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी सेवा (OnlineDemat Account), क्यापिटलका प्रोडक्ट तथा सेवाहरू (Product & Services) सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाबारे जानकारी ग्राहकहरूले सहज रूपमा पाउनुका साथै क्यापिटल मार्केट्ससम्बन्धी अन्य सम्पूर्ण सूचनाहरू प्रदान गरिने क्यापिटलले जनाएको छ ।

साथै, प्रभु क्यापिटलले ग्राहकहरूको सेवाका लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरूको सेवा समयमै प्रदान गर्नसमेत प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]