" /> चन्द्रागिरीमा हिउँको वर्षा, तापक्रम घट्यो – News Of Global

News Of Global शनिबार, माघ २४, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महसुस भएको छ ।
यसैबीच वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रगिरी हिल्सका अनुसार चन्द्रागिरी र आसपासको क्षेत्रमा हिउँ परेको छ । चन्द्रागिरीमा हिउँ परेपछि सर्वसाधारण हिउँ खेल्न भन्दै पुगिरेहका छन् ।
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् । आज पनि चन्द्रँगिरीमा हिउँ खेल्नैका लागि पुगेकाहरु रमाइरहेका देखिन्थे ।

विभागका अनुसार आज उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको छ । विभागका अनुसार, मौसममा आइतवार मात्रै सुधार देखिने सम्भावना रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]